जम्मु–काश्मीर विधानसभा निर्वाचन : ५५ प्रतिशत मतदान
नयाँ दिल्ली । जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा ५५ प्रतिशत मतदान भएको छ । केन्द्र शासित सो प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो ।
निर्वाचन आयोगका अनुसार बेलुका ९ बजेसम्मको तथ्यांकअनुसार ५५ प्रतिशत मतदान भएको छ । यो पछिल्लो निर्वाचनका तुलनामा ५ प्रतिशत कम हो । सन् २०१४ मा ६० प्रतिशत मतदान भएको थियो ।
निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गरेका छन् । आयोगको तथ्यांकअनुसार सबैभन्दा बढी मतदाता रियासीमा रहेका थिए । त्यहाँ ७१.८१ प्रतिशत मतदाता रहेका थिए भने सबैभन्दा थोरै श्रीनगरमा सबैभन्दा थोरै २७.३७ प्रतिशत मतदाता रहेका थिए ।
निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा २३९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २ सय ३३ पुरुष र ६ महिला रहेका छन् । यसअघि सेप्टेम्बर १८ मा पहिलो चरणमा ७ जिल्लाका २४ विधानसभा सिटका लागि मतदान भएको थियो ।
पहिलो चरणमा ६१.३८ प्रतिशत मतदान भएको थियो । त्यसबेला सबैभन्दा बढी मतदान किश्तवाडमा ८०.२० प्रतिशत र सबैभन्दा कम पुलवामा ४६.९९ प्रतिशत मतदान भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण