इन्टरमिटेण्ट फास्टिङ : यी पेय पदार्थले सहयोग गर्छन् तौल घटाउन
काठमाडौँ । इन्टरमिटेण्ट फास्टिङले तपाईको खाने बानीलाई बदल्छ । खाने र उपवासको अवधिलाई निर्धारण गर्दछ । यसले खानको लागि विशिष्ट खानाहरू तोक्दैन । तर कस्ता खानेकुराहरू खाने भनेर चिकित्सकको परामर्शमा आफ्नो स्वास्थ्य अवस्थाअनुसार उपयुक्त खानाहरू लिनु उत्तम हुन्छ ।
इन्टरमिटेण्ट फास्टिङको अवधिमा केही पेय पदार्थहरूले हाम्रो शरीरमा रहेको मेटाबोलिजमलाई बढाइ दिन्छन् । जसले गर्दा भोक कम लाग्ने हुन्छ भने शरीरमा पानीको मात्रा समेत सन्तुलन गर्दै तौल घटना मद्दत गर्दछन् ।
यी पेय पदार्थहरूले विशेषगरी हाइड्रेसन, मेटाबोलिजम, फ्याट बर्न, र भोक नियन्त्रणलाई सहयोग पुर्याउँछन् । जसले गर्दा तौल घटाउनका लागि सहयोगी बन्न सक्छन् । इन्टरमिटेण्ट फास्टिङको अवधिमा कस्ता पेय पदार्थहरू पिउनु उपयुक्त हुन्छ त ? यहाँ त्यसबारे चर्चा गरिएको छ ।
पानी
पानी मानिसको शरीरका लागि नभइ नहुने तत्व हो । यसले हाम्रो शरीरलाई हाइड्रेड राख्नुका साथै सबैजसो शारीरिक कार्यहरूका लागि पानी अत्यन्त जरूरी हुन्छ । यसले भोक नियन्त्रण गर्न मद्दत गर्दछ । पानीको सन्तुलित मात्रा सेवन गर्दा शरीरमा पानीको मात्राको सन्तुलन कायम हुन्छ । जसले गर्दा मेटाबोलिजमको मात्रा पनि सन्तुलनमा आउँछ, र तौल कम गर्नका लागि मद्दत पुर्याउँछ ।
ग्रीन टी
'ग्रीन टी'मा पनि मेटाबोलिजमलाई बढाउन मद्दत गर्ने क्याटेचिन र क्याफिनजस्ता वस्तुहरूको मात्रा उच्च हुन्छ । जसकारण यसलाई मोटोपन घटाउने औषधिकोरुपमा समेत हेर्ने गरेको पाइन्छ ।
ब्ल्याक कफी
चिनी र क्रीमविनाको ब्ल्याक कफी कम क्यालोरीको हुन्छ । तर यसमा क्याफिनको मात्रा भने धेरै हुन्छ । जसले मेटाबोलिजमलाई बढाउन र मोटोपन घटाउन यो सहयोग गर्दछ ।
कागती पानी
कागती पानीमा कम क्यालोरी हुन्छ । तर यसमा भिटामिन 'सी'को मात्रा राम्रो हुन्छ । यसको नियमित सेवनले हाम्रो शरीरमा मेटाबोलिजमलाई बढाउन मद्दत पुग्दछ । विशेषगरी बिहानपख यसको सेवनले शरीर स्वस्थ राख्न, पाचन प्रणालीमा सुधार ल्याउन र तौल कम गर्नका लागि यो सहयोगी हुनसक्छ ।
हर्बल चिया
हर्बल चिया जस्तै पेपरमिन्ट, अदुवा र क्यामोमाइलले हाम्रो शरीरको पाचन क्षमतालाई बढाउँछन् । यस्ता पेय पदार्थले तनाव कम गर्न मद्दत गर्छन् भने तौल घटाउन पनि सहयोगी हुन्छन् ।
नरिवल पानी
नरिवलको पानीमा पनि क्यालोरी कम हुन्छ। तर यसमा भएको इलेक्ट्रोलाइट्सको मात्राले भने इन्टरमिटेन्ट फास्टिङको अवधिमा हाइड्रेसन र उर्जास्तर कायम गर्नमा मद्दत पुर्याउँछ । यसमा भएको प्राकृतिक चिनीको मात्राले शरीरलाई ऊर्जा प्रदान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण