आफूमाथि गोली चलेको विषयमा ट्रम्पले भने : इरानले चाल चलिसकेको थियो, तर त्यो सफल भएन'
न्यूयोर्क । निर्वाचनको मिति नजिकिँदा अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरूको धड्कन बढ्दो छ । उम्मेदवारहरूले चुनावी तयारीलाई तीव्र बनाएका छन् ।
चुनाव नजिकिँदा उम्मेदवारहरूमाथि सुरक्षा चुनौती समेत बढेको छ । हालै राष्ट्रपति पदका एक उम्मेदवार एवम् पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट आफ्नो ज्यानमाथि ठूलो खतरा रहेको दाबी गरेका छन्।
रिपब्लिकन पार्टीको निर्वाचन अभियानले अमेरिकी गुप्तचर निकायले ट्रम्पमाथि इरानले घातक आक्रमण गर्न सक्ने जोखिम भएको जानकारी दिएको जनाएको छ।
ट्रम्पले बुधबार सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्, 'इरानले चाल चलिसकेको थियो । तर त्यो सफल भएन। तर उनीहरूले फेरि प्रयास गर्ने छन्।' ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकामा अस्थिरता सिर्जना गर्ने उद्देश्यले आफ्नो हत्या गर्न खोजेको भन्दै आरोप लगाएका छन् । यसबारे इरानले भने कुनै प्रतिक्रिया दिएको छैन । आफ्नो मृत्यु होस् भन्ने कामनासहित आक्रमण गर्न खोजिएको दाबी गर्दै 'सीक्रेट सर्भिस'लाई बजेट बढाएकोमा ट्रम्पले संसद्प्रति कृतज्ञता व्यक्त गरेका छन्।
अभियोजनकर्ताहरूले फ्लोरिडामा पक्राउ परेका एक सन्दिग्ध व्यक्तिलाई पूर्वराष्ट्रपति तथा आसन्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको अभियोग लगाएका छन्। ट्रम्पको स्वामित्वमा रहेको एउटा गल्फ मैदाननजिकै शङ्कास्पद गतिविधि गरेको थाहा पाएपछि सुरक्षाकर्मीहरूले गत सेप्टेम्बर १५ मा रायन वेस्ली राउथलाई नियन्त्रणमा लिएका थिए।
राउथले केही महिनाअघि ट्रम्पको हत्या गर्न चाहेको कुरा एउटा पत्रमा लेखेको प्रसङ्गसहितको दस्ताबेज अदालतमा पेस गरिएको भोलिपल्ट उनीविरुद्ध नयाँ अभियोग लगाइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण