अनेरास्ववियु (क्रान्तिकारी) २३ औँ सम्मेलन आजदेखि, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र देशभरिबाट प्रतिनिधिहरू समेत काठमाडौँ आइसकेका अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष मदन भुलले जानकारी दिए ।
उनका अनुसार खुला उद्घाटनपछि शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
शुक्रबार विधान तथा प्रतिवेदनमाथि समूह विभाजन गरी छलफलका लागि खुल्ला हुनेछ ।
शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर ग्रुपहरूको छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ भने आइतबार प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ।
यस्तै सोमबार बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ । सम्मेलनमा देशभरबाट दुई हजार ३२३ जना प्रतिनिधि सहभागी हुनेछन् ।
यसपटक अध्यक्षका लागि रावलसहित मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नरायण खनाल लगायत नेताहरु आकांक्षी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण