राजपुरमा फैलिएको हैजा नियन्त्रण तर्फ
रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको हैजा नियन्त्रण हुँदै गएको छ। स्थानीय प्रशासनबाट समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरू अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु परेन।
हैजा अन्य समुदायमा फैलिन नदिन सिडियो हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए।
वडा ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । अत्यावश्यक बाहेक सवारीसाधनमा रोकसँगै उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न निषेध गरिएको थियो।
सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन निरीक्षण गरेपछि निषेधित क्षेत्र घोषणा गरेको थियो।
गत २ गते देखी राजपुर ४ मा १ जना बिरामीबाट सुरु भएको हैजा ६ गतेसम्म वडा ३ मा समेत गरी ६० जना भन्दा बढी महिला, पुरुष बालबालिकामा लागेपछि नगरपालिकाको अनुरोधमा वडा ४ लाई निषेधित गरिएको सिडियो रेग्मीले बताएका थिए।
सम्पूर्ण बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन्।
राजापुरका मेयर राजिक आलमको पहलमा गत ६ गते नै प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी सहित मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा आवश्यक औषधि सहित डाक्टरको टोली हैजा प्रभावित क्षेत्रमा पुगेको थियो।
डाक्टर तथा स्वास्थ्यकर्मीको अथक प्रयासबाट हैजा प्रभावित ६० जना भन्दा बढी बिरामी क्रमशः निको हुँदै घर फर्किसकेका स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन्।
प्रमुख साहका अनुसार हाल प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भइरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन्।
दूषित खाने पानीको प्रयोगले राजापुरको दुईवटा वडामा हैजा रोग फैलिएको हुनसक्ने डाक्टरहरूको प्रारम्भिक अनुमान रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण