लेबनान–इजरायली सीमामा २१ दिने युद्ध विरामको अनुरोध
बेरुत । लेबनानमा बढ्दो द्वन्द्वलाई देखेर अमेरिका र ईयूले २१ दिने युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली संघ (ईयु) र अन्य सहयोगी राष्ट्रहरूले तत्कालै लागू हुने गरी २१ दिने युद्ध विरामको प्रस्ताव गरेका हुन् ।
अमेरिका, बेलायत र ईयूर समेतका राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल, लेबनान, प्यालेस्टाइन बिचको दुश्मनी अहिले असह्य भएको विज्ञप्तिमा यी देशहरूले भनेका छन् ।
यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको र यो लेबनान र इजरायलका जनताको हितमा नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायली सेना प्रमुखले हवाई हमलापछि इजरायलले लेबनानमा रहेको हिजबुल्लाहका गढहरूमा भूमिबाटै आक्रमणको तयारी गरिरहेको बताएपछि युद्ध विरामको यो प्रस्ताव अगाडि ल्याइएको हो ।
इजरायलले विगत तीन दिनदेखि लेबनानमा हिजबुल्लाहलाई निशाना बनाउँदै लेबनानमा व्यापक हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५०० भन्दा धेरैको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण