क्यानडामा जष्टिन ट्रुडोको सरकारविरुद्धको अविश्वास प्रस्ताव असफल
ओट्टावा । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार आफू विरुद्ध पेस भएको अविश्वासको प्रस्तावलाई हराउन सफल भएको छ । क्यानडाको संसदमा छलफलपछि ल्याइएको अविश्वासको प्रस्ताव २११ विरुद्व १२० मतले पराजित भएको थियो । तर विपक्षी कन्जरभेटिभ सांसदहरूले मंगलबार फेरि एकपटक अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेकाले ट्रुडोको समस्या आगामी दिन कम नहुने देखिएको छ ।
कन्जरभेटिभ सांसदहरूले बढ्दो मुद्रास्फीति, आवास संकट र व्यापक अपराध नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ । पछिल्लो नौ वर्षमा ट्रुडोको लिबरल सरकारको लोकप्रियता घटेको छ । जनमत सर्वेक्षणहरूमा टोरी नेता पियरे पोयलिभर धेरै अगाडि देखिन्छन् । मतदाताहरू देशमा तत्काल चुनाव होस् चाहन्छन् । वामपन्थी न्यू डेमोक्रेटिक पार्टीले यस महिनाको शुरुमा लिबरल पार्टीसँगको गठबन्धन तोडेको थियो । यसले पनि ट्रुडो सरकारलाई केही कमजोर भएको थियो ।
ट्रुडोको सरकार हरेक मोर्चामा असफल पोयलिभरले भएको बताएका छन् । मुलुकमा मुद्रास्फीति बढ्दै गएको छ भने आवास संकट गहिरिँदै गएको छ अनि देशको ऋण दोब्बर भएको छ । यस महिनाको सुरुमा क्यानडाको वामपन्थी न्यू डेमोक्रेटिक पार्टी (एनडीपी)ले ट्रुडो सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएको थियो । एनडीपीले विगत साढे दुई वर्षदेखि ट्रुडो सरकारलाई साथ दिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण