झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईं समूहका थप ६ जना पक्राउ
काठमाडौँ । असोज ६ मा झापामा दुई वटा ट्रकमा आगजनी गर्ने थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूले कन्काई नगरपालिका–८ स्थित बिरिङ खोला पुल र बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि स्टेट नजिकै भारतीय नम्बरको ट्रक जलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ पर्नेमा झापा हल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीरबहादुर गुरुङ र झापा बिर्तामोड घर भएका ३५ वर्षीय उदय लिम्बु छन् ।
यसअघि दुई जनालाई पक्राउ गरेर आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए । रुद्र भुजेल प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको झापा जिल्ला समिति कोषाध्यक्ष हुन् । विवश लिम्बु, माबो लिम्बु र उदय लिम्बु जिल्ला कार्य समिति सदस्य हुन् । राजेश महत मेचीनगरका नगर इन्चार्ज हुन् । वीरबहादुर गुरुङ अभियाको सल्लाहकार हुन् ।
सिलीगुडीबाट प्लाई बोकेर आएको युपी–५७–एटी–४४९३ नम्बरको ट्रक र बिर्तामोडबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबी–७३–ई–३०५६ नम्बरको ट्रक र चालकलाई लक्षित गरेर उनीहरुले पेट्रोल बम प्रहार गरेका हुन् । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण