एकीकृत समाजवादीका नेताको कार्यविभाजनमा जुटेन सहमति
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।
प्रचार विभागका पूर्वसदस्य धनराज वास्तविकले बिहीबारको बैठकमा सामान्य छलफल मात्र भएको बताए । उनले निरन्तर बैठक बस्ने गरी नेताहरू उठेको जानकारी दिए । ‘भोली र पर्सी लगातार बैठक बस्ने कुरा छ’, वास्तविकको भनाइ छ ।
बिहीबारको बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको असन्तुष्टि, महाधिवेशनको समीक्षा र पार्टीभित्रका कमीकमजोरीका बारेमा छलफल गर्नुपर्ने भन्दै लिखित प्रस्ताव राखेको एक नेताले जानकारी दिए ।
‘जेएन कमरेडले पार्टीको समग्र समीक्षा गर्नुपर्ने र असन्तुष्टि हटाएर मात्र अघि बढ्न सकिने आशयको लिखित प्रस्ताव राख्नुभएको छ’, ती नेताको भनाइ छ ।
अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन् ।
असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विभाग प्रमुख र उपप्रमुख, जिल्ला तथा प्रदेश इन्चार्ज र सहइन्चार्ज, आयोग प्रमुख र उपप्रमुखका साथै जनसङ्गठन इन्चार्ज तोक्नुपर्ने भए पनि सहमति नजुट्दा ढिलाइ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण