आज रातिदेखि धेरै वर्षाको सम्भावना, रात्रिकालीन बस चलाउन रोक
_zJhpGoRIhC.jpg)
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाबाट उच्च जोखिममा रहका जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आज (बिहीबार) रातिदेखि आइतबारसम्म देशैभर धेरै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसअघि जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा धेरै वर्षा हुने जनाएको छ । विभागले ती जिल्लाहरूमा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको थियो । विभागले चार दिन धेरै एवं अति धरै मनसुनी वर्षाबाट सातवटै प्रदेशका ५६ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन भनेको हो ।
प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । यस्तै प्राधिकरणले धान नकाट्न र काटिसकेको भए थन्काउन पनि अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने आग्रह गर्दै प्राधिकरणले दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने पनि भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी