आज रातिदेखि धेरै वर्षाको सम्भावना, रात्रिकालीन बस चलाउन रोक
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाबाट उच्च जोखिममा रहका जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आज (बिहीबार) रातिदेखि आइतबारसम्म देशैभर धेरै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसअघि जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा धेरै वर्षा हुने जनाएको छ । विभागले ती जिल्लाहरूमा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको थियो । विभागले चार दिन धेरै एवं अति धरै मनसुनी वर्षाबाट सातवटै प्रदेशका ५६ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन भनेको हो ।
प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । यस्तै प्राधिकरणले धान नकाट्न र काटिसकेको भए थन्काउन पनि अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने आग्रह गर्दै प्राधिकरणले दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने पनि भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण