मन्त्री राणाद्वारा अल्पविकसित देशहरुको मन्त्रिस्तरीय बैठकको अध्यक्षता
वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घअन्तर्गत अल्पविकसित देशका विदेशमन्त्रीहरूको वार्षिक बैठकमा अध्यक्षता गरेकी छन् । न्यूयोर्कमा बिहीबार आयोजित उक्त बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले अल्पविकसित देशहरूलाई दिगो विकासका लक्ष्य हासिलका लागि अतिरिक्त सहयोगको खाँचो रहेको बताइन् ।
“ती देशहरूले महामारी, भूराजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारणले बहुपक्षीय चुनौतीको सामना गर्न परिरहेको छ,” मन्त्री राणाले सम्बोधनका क्रममा भनिन्, “दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्नका लागि हामीले विविध बाधा अवरोधको सामना गर्नु परिरहेको छ ।”
मन्त्री राणाले विश्वसमुदायलाई ग्लोबल ‘कोअर्डिनेशन ब्युरो’को नेतृत्व नेपाललाई दिएको धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमतालाई वृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी रूपमा पहुँच पुर्याउन अनुरोध गरिन् ।
मन्त्री राणाले भनिन्, “हामीहरू व्यापारसम्बन्धी पूर्वाधारका लागि महत्त्वपूर्ण सहयोगका लागि अनुरोध गर्दछौँ । बहुपक्षीय सञ्जालको वृद्धि, ट्रान्जिटको सुधार र व्यापारको लागत कम हुनेगरी काम गर्न अनुरोध गर्दछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण