कर्णाली एश्विजबाट एभरेष्ट महिला भलिबल लिग खेल्न टर्कीकी जेनेप नेपालमा

काठमाडौँ । ‘कर्णाली एश्विज’ टोलीबाट वात्सल्य एभरेष्ट महिला भलिबल लिग खेल्न टर्किस खेलाडी जेनेप आउटर्यान नेपाल आइपुगेकी छन् । उनको आगमनसँगै टोलीमा उर्जा थपिएको कर्णाली एश्विजले जनाएको छ ।
टर्किस खेलाडी जेनेपलाई केही समय अघिमात्र ‘कर्णाली एश्विज’ले आफ्नो टोलीमा अनुबन्ध गरेको थियो । आउटसाइड हिटर जेनेप आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित छिन । उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा टर्कीको प्रतिनिधित्व गरिसकेकी छन् ।
जेनेपले सुल्तान्स लिगको समेत अनुभव बटुलिसकेकी छन् । जेनेपका अनुसार, उनका लागि भलिबल एक अनुशासन हो । उनी भन्छिन्, ‘मेरो विचारमा यो टिम वर्क, समर्पण र प्रेम हो । म आफ्नो अनुभव नेपाल ल्याएर आफ्नो टोलीको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।’
रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली यश्विज’ टोलीमा केही समयअघि अर्की खेलाडी ग्याब्रिएल बेन्डा पनि अनुबन्धित भएकी थिइन् । उनी अमेरिकाकी राष्ट्रिय भलिबल खेलाडी हुन । ‘कर्णाली यश्विज’ टोलीको प्रमुख प्रशिक्षकमा कुमार राई रहेका छन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट महिला भलिबल लिग’ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा रहने छ ।
‘कर्णाली यश्विज’ टोलीमा खेलाडीका रुपमा सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा पनि आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित