कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन
शुक्रबार, ११ असोज २०८१, ११ : १७
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरिएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सोही दिन बिहान ९ बजेका लागि बोलाइएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
‘आइतबार दिनको २ः ०० बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने भनिएकोमा उक्त बैठक २०८१ असोज १३ गते बिहान ९ : ०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ‚’ विज्ञप्तिमा उनले लेखेका छन् ।
बैठक आइतबारका लागि पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको एजेन्डा मुख्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण