बारको विरोधका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस
काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि न्यायाधीश सिफारिस विवादमुक्त भने हुन सकेको छैन ।
न्याय परिषद्ले बैठक राखेसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको थियो । आफूहरुको माग सम्बोधन बिनै सिफारिस गरिएको भन्दै बार आक्रोशित बनेको छ।
बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरेर मात्रै न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै आएको छ । हाल सर्वोच्चमा चार जना रिक्त रहेको छ भने निकट भविष्यमा दुई पद रिक्त हुँदैछ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुङ्गानाले अवकाश पाउँदै छन् । परिषद्ले उनीहरूको पदमा पनि सिफारिस गर्ने निष्कर्ष निकालेको थियो । परिषद् उच्च स्रोतका अनुसार सर्वोच्चको हकमा सिफारिस भएको छ । सङ्ख्या अहिले खुलाउन नमिल्ने बताएको छ। परिषद्ले केही बेरमा औपचारिक जानकारी दिने र त्यसमा नाम र सङ्ख्या खुल्ने भन्दै उच्च स्रोतले सर्वोच्चको हकमा रिक्त न्यायाधीश सिफारिस भएको जानकारी दिएको हो ।
बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गैरसंवैधानिक रुपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएको भन्दै विरोध भएको थियो ।
अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हाे । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरेपछि बारले न्याय परिषद् नियमावलीलाई लिएर विरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण