कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा नयाँ सदस्य मनोनीत
शुक्रबार, ११ असोज २०८१, १७ : ४०
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले शिक्षा विभागमा सदस्यहरू मनोनयन गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्य मनोनयन गरेको कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले जानकारी दिए ।
केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको विभागमा सभापति देउवाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् ।
यी हुन् मनोनयनमा परेका सदस्यहरू
१. प्रा.डा. कमलदीप ढकाल, सिन्धुली
२. राजकुमार आचार्य, खोटाङ
३. पुजा पासवान, महोत्तरी
४. हरिसिंह केसी, धादिङ
५. त्रिविक्रम पाण्डे, काठमाडौँ
६. राजन श्रेष्ठ, काठमाडौँ
७. किरण भट्ट, गोरखा
८. लालमणि भण्डारी, दाङ
९. खेमराज केसी, दैलेख
१०. तारामान रावल, कैलाली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण