भ्रष्टाचारविरुद्ध प्रचण्ड सरकारले थालेको अभियानबाट डराएर सरकार ढालियो : अखिल क्रान्तिकारी
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै कलङ्क नबोकेर पनि सरकार चलाउन सकिने उदाहरण पेस गरेको दाबी गरेको छ । शुक्रबारदेखि सुरु भएको २३ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्रमा अध्यक्ष पञ्चा सिंहले पेस गरेको प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकारले कानुनभन्दा माथि कोही नभएको भाष्य निर्माण गर्न सफल भएको दाबी गरेको हो ।
एउटा वर्गले जग्गा लुटे पनि हुने, तस्करी गरे पनि हुने, कानुन मिचे पनि हुने गरेकाले जनतामा राजनीतिक दलहरूप्रति चरम निराशा, वितृष्णा र आक्रोश बढेको अवस्थामा प्रचण्ड सरकारले आस्था पैदा गरेको प्रतिवेदनमा उल्लेख छ । भ्रष्टाचार, तस्करी, बिचौलियाविरुद्ध अभियान चयन चलाउँदा सरकार ढल्न पुगेको निष्कर्ष निकालेको छ । यस्तै ०७४ सालमा वामपन्थी शक्तिलाई जनताले दुई तिहाइ दिएर निर्वाचित गरे पनि एमालेका अध्यक्ष केपी ओलीका कारण विघटन भएको आरोप लगाएको छ ।
बन्दसत्रमा पेस भएको प्रतिवेदनमा के छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण