कुलेखानीमा पानीको सतह बढ्दै, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाठौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्दै गएको जनाएको छ । आज (शुक्रबार) सूचना जारी गर्दै प्राधिकरणले जलविद्युत केन्द्रको बाँधको सुरक्षालाई मध्यनजर गरी ढोकाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने जनाएको हो ।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका रौतहट र सर्लाहीका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जारी गरेको सूचनामा भनिएको छ, ‘तसर्थ, कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ । साथै, सम्बन्धित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ ।’
लगातारको वर्षाले कुलेखानीमा हालप्रति ३ घण्टामा १ मिटर पानी भरिँदै गएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण