६० किलो सुन तस्करी प्रकरण : यी हुन् धरौटीमा छुट्ने आरोपित
काठमाडौँ । सर्वोच्च अदालतले करिब ६० किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्नेबारे अन्तिम फैसला सुनाएको छ। न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले अधिकांश प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
जिल्ला र उच्चले थुनामा पठाउने आदेश गरेकोमा त्यसलाई बदर गर्दै केहीलाई धरौटी माग गर्ने आदेश गरेको छ भने केहीलाई थुनामा पठाउने निर्णय सदर गरेको छ।
सर्वोच्चले धरौटी माग गरेकोमा कुमार ढकाल, सन्तोष चन्द, रामकुमार भुजेल, सरोज श्रेष्ठ, राजेन्द्रकुमार राई, शिवकुमार सर्राफ, किशोर कुमार बस्नेतको हकमा धरौटी माग गरेको छ। त्यस्तै सर्वोच्चले टाँसी भन्ने थुप्तेन छिरिङ, हर्कराज राई, दिलीप भुजेल र सुमन खरेलको हकमा पुर्पक्षका लागि थुनामा राख्ने निर्णय सदर गरेको छ।
जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाइएका १० प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले धरौटी माग गरेकाको हकमा आइतबार मात्र आदेश जारी हुने र थुनामा पठाउने आदेश सदर गरेकाहरूको हकमा थुनामै रहनुपर्ने बताए ।
करिब ६० किलो सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएकामध्ये ११ जना आरोपितको निवेदनमा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । उनीहरूलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सुन तस्करी प्रकरणमा दुवै अदालतले थुनामा पठाएपछि त्यस विरुद्ध उनीहरूले सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।
सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले २०८० असोज १ गते दावाजिन वाङलाई मुख्य अभियुक्त दाबी गर्दै २९ जनाविरुद्ध पाँच मुद्दा दायर गरेको थियो । सङ्गठित अपराधसहितको दाबी अभियोगपत्रमा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण