एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गर्यो
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गरेको छ ।
शुक्रबार राति भएको खेलमा लिचेविरुद्ध ३–० गोलको एकतर्फी जीत दर्ता गर्दै तालिकामा ३ अंक थपेको हो । तालिकामा टोरिनो र एसी मिलान दुवैको समान ११ अंक भएको छ । मिलानले १ खेल बढी खेलेको छ ।
एसी मैदानले आफ्नै घरेलु मैदानमा पहिलो हाफको अन्त्यतिर आक्रामक खेल खेल्दै ३ गोल थपेको थियो । मिलानका अल्भारो मोराटा, थियो हर्नान्डेज र क्रिष्टियन पुलिसीले एक एक गोल गरे ।
३८ औँ मिनेटमा मोराटाले हर्नान्डेजको पासमा गोल गर्दै टिमको खाता खुलाएका थिए ।
४१ औंमिनेटमा हर्नान्डेजले राफेल लिओको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको २ मिनेटपछि पुलिसीले गोल गरेपछि एसी मिलान पहिलो हाफमा ३–० को अग्रतासहित सहज अवस्थामा पुगेको थियो । दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन नसक्दा एसिमिलान विजयी भयो । तर, ८० औँ मिनेटमा एसी मिलान १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा लिचेले लिन सकेन । ७५ औँ मिनेटमा हर्नान्डेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका डेभिड बार्तेसाघीले ८० औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्दा एसी मिलान १० खेलाडीमा समेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण