त्रिभुवन विश्वविद्यालयमा कृषिको प्रवेश परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ। आजका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निमित्त डीन डाक्टर किशोर चन्द्र दाहालले जानकारी दिए।
अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हाे। परीक्षा दिनका लागि विद्यार्थीहरू टाढा टाढाबाट काठमाडौँ आउन खोजिरहेका छन् । तर, वर्षाका कारण बिच बाटाेमै अलपत्र परेको त्रिवि स्ववियु सभापति श्याम ओझाले बताए।
´परीक्षाका लागि भने काठमाडौँ आउन लागेका विद्यार्थीहरू बिच बाटोमै अलपत्र परेको भनेर फोन गरिरहेका छन्। कृषिको स्थगित गरिएको छ। अन्यको पनि अहिलेको विषम परिस्थितिलाई मध्यनजर गरेर स्थगित गर्न भनेका छाैँ,’ सभापति ओझाले भने।
अहिलेको अवस्थामा परीक्षा भन्दा पनि मान्छेको ज्यान ठुलो हुने भएकाले परीक्षा स्थगित गर्न डीन तथा परीक्षा नियन्त्रकलाई अनुरोध गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण