जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
शनिबार, १२ असोज २०८१, १४ : १२
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेकोले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
अध्यक्ष दाहालले राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न समेत अपिल गरेका छन् । उनले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशन पनि दिएका छन् । साथै हवाई तथा स्थल यातायातमा सतर्कता अपनाउन पनि उनले आम जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण