पर्वतमा पाँच दिनदेखि आमाछोरी बेपत्ता
पर्वत । फलेवास नगरपालिका–१ कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । घर पोत्ने रातो माटो खन्न गत मङ्गलबार साँझ घरबाट निस्किएका ३२ वर्षीया गङ्गा पौडेल र आठ वर्षीया दिपीका पौडेल बेपत्ता भएका हुन् ।
स्थानीय कार्कीनेटा बजारमा गङ्गा बिजुली पसल सञ्चालन गर्दै आएका श्रीमान् दीपक शर्मा विद्युत् मर्मत गर्न गाउँतर्फ गएका बेला उनीहरु घर पोत्ने माटो खन्न भिरमुनि भन्ने ठाउँमा गएका थिए । अबेरसम्म घर नफर्किएपछि आफन्त, इष्टमित्र मिलेर खोजी गरिएको थियो ।
पाँचदिनदेखि बेपत्ता उनीहरु हालसम्म फेला नपरेका गङ्गाका श्रीमान् शर्माले बताए । बेपत्ता आमाछोरीको खोजी गर्न प्रहरीमा उजुरी दिनुका साथै सबै संयन्त्र प्रयोग गरिएको उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बेपत्ता आमाछोरीको हुलियासहित खोजी कार्य भइरहेको बताए । प्रहरीका सबै संयन्त्र परिचालन गरी खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण