बाढी
१४ स्थानमा नदीको जलसतह खतराको तहमाथि
शनिबार, १२ असोज २०८१, १५ : ३३
काठमाडौँ । देशभर यतिबेला वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न नदीको जलसतह बढ्दो क्रममा रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार अपराह्न साढे ३ बजेको मापनअनुसार विभिन्न १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।
चितवनको देवघाटमा नारायणी नदीले जलसतह खतराको तह पार गरेको छ । यसले सो क्षेत्रमा डुबान भइरहेको छ ।
त्यस्तै, काठमाडौँको बालकुमारीमा मनहरा खोलाको जलसतह खतराको तहभन्दा माथि रहेको छ । भक्तपुरको कौशलटारमा हनुमन्ते खोला र ललितपुरको खोकनामा बागमती नदीको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।
त्यस्तै, रौतहट, बारा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, सुन्सरीलगायत क्षेत्रमा पनि नदीहरूको जलसतह खतराको तहभन्दा माथि छ । हेर्नुहोस् सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण