पहिरो
दोलखामा एकै परिवारका ३ जनाको मृत्यु, ३ वर्षीय बालकको उद्धार
शनिबार, १२ असोज २०८१, २१ : ३९
काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–६ स्थित सिम्पानीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । इन्स्पेक्टर शत्रुघन कुमार महतो नेतृत्वको टिमले स्थानीय राजकुमार भुजेलको घरबाट ३ वर्षीय बालकलाई जीवित उद्धार गरेका छन् ।
३ वर्षका युवराज भुजेलाई उद्धार गरेर प्रहरीले धुलिखेल हस्पिटलको शाखा अस्पताल भीमेश्वरमा उपचार गर्न पठाइएको थियो । उपचारपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको छ ।
पहिरोका कारण ४० वर्षीय राजकुमार भुजेल, उनकी पत्नी ३६ वर्षीया राधिका भुजेल र छोरा १५ वर्षका सुजन भुजेलका मृत्यु भएको छ । जीवित उद्धार गरिएका युवराज राजकुमारका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण