दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा
सुर्खेत। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नालायकीपना प्रदर्शन गरेको प्रमुख प्रतिपक्षी नेता नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले यस्तो बताएका हुन् ।
‘नालायकीपन सरकारले प्रदर्शन नगरोस् म निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘प्रक्रिया, चुनौती होलान् ती सबै मिलेर सामना गर्ने हो । यो मेरो, प्रदेशको जिम्मेवारी होइन भनेर पन्छिने कुरा राम्रो भएन । तयारीका लागि खेलाडी तयार भइरहेका बेला निराश बनाउने कुराले सन्देश राम्रो जान्न ।’
कर्णालीमा पहिलोपटक मङ्सिर २ गतेदेखि प्रतियोगिता हुने भनिए पनि उक्त समयमा नहुने निश्चित भएको छ। मुख्यमन्त्री यामलाल कँडेलले केही समयअघि एक सार्वजनिक कार्यक्रममै उक्त प्रतियोगिता केन्द्रको आयोजनामा हुन लागेकाले प्रदेशले दायित्व नलिने बताएका थिए ।
कँडेलले बरु समयमा प्रतियोगिता गर्न दबाब दिनुका साटो दायित्व नलिने भन्दै पन्छिएको भन्दै शर्मा आक्रोशित बने । मुख्यमन्त्री ‘एक्सन’ मुखी नबनेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण