सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिमले पार्टीको १०० दिने विशेष अभियान सफल पार्न ३२ प्रदेशसभामा ४३ जना प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको असोज १० गते बसेको बैठकले सो निर्णय गरेको हो ।
अभियान सफल पार्नका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सुदूरपश्चिम प्रदेश कार्यसमितिका ४३ जनालाई खटाईएको पार्टी प्रवक्ता सुरतबहादुर रावत डोटेली कान्छाले बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालिएको हो ।
पौष १६ गते भित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले पनि सो अभियान सुरु गरेको हो । नेपाली कांग्रेस सुदूरपश्चिमका पार्टी सभापति वीर बहादुर बलायरले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटिने प्रतिनिधिलाई १०० दिने विशेष अभियानलाई व्यापक र प्रभावकारी बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न र गराउन निर्देशन दिएका छन्।
१०० दिने विशेष अभियान सफलतापूर्वक कार्य सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउन समेत सभापति बलायरले निर्देशन दिएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण