हेटौँडा-काठमाडौँ सडक सम्पर्क विच्छेद
_EzFF4I0S6h.jpg)
मकवानपुर । हेटौँडा र काठमाडौँ बिचको सडक सम्पर्क विच्छेद भएको छ । शनिबार आएको बाढी र पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक सम्पर्क टुटेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा काठमाडौँ जोड्ने सबै बाटो बन्द भएको छ । बाढी र पहिरोका कारण छोटो दुरीको कान्ति लोकपथमा आवागमन थप्प छ । कान्ति लोकपथ सडक खण्डको बकैया–१२ घट्टेपाखा, बकैया–११ लाम्राङ, आपचौरमा पहिरोको कारण बाटो बन्द छ भने सोही सडकमा बागमती खोलामा आएको बाढीले भिमफेदी–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली सडक खण्डको ईन्द्रसरोवर–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरोध भएको छ । ईन्द्रसरोवर–२ सिमखोला स्थित लच्कामा सिमखोलमा आएको बाढीले सडक कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सो सडक खण्डको कुलेखानी जलविद्युत आयोजनाको ड्यामभन्दा तल रहेको सिमखोलाको पुलमा बाढीले क्षति पुगेको छ । जलविद्युत आयोजनाको जलाशयबाट छाडिएको पानीको बहावले पुलको एक स्पान र उत्तरतर्फको बाटो एक सय मिटरभन्दा बढी बगाएको छ ।
हेटौँडा भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत भिमफेदी– ४ रातोमाटे, भिमफेदी–६ ढोकाफेदी, पहिरो खसेर बाटो अवरुद्ध भएको छ । फाखेल हुमाने, चखेल मातातिर्थ सतुङगल सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्रिभुवन राजपथ सडक खण्डको थाहा–५ दामन स्थितमा पहिरोको कारण बाटो पूर्ण रूपमा अवरोध भएको छ भने कुलेखानी मार्खु भित्री सडक खण्डको इन्द्रसरोवर–१ सिम्लाङ स्थित पहिरोको कारण बाटो पूर्ण रूपमा अवरोध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’
-
रवि लामिछाने र छविलाल जोशीको निवेदनमा सुनुवाइ भएन
-
नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री
-
भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ बारे माओवादीका गुरुङ र शर्माले के भने ?
-
मानव बेचबिखन आरोपमा एक जना पक्राउ, प्रलोभन देखाएर दुई युवतीलाई लैजाँदै थिए भारत