हसन नसरल्लाहको मृत्युपछि नेतन्याहुले भने– ऐतिहासिक मोड
आइतबार, १३ असोज २०८१, १२ : ३६
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युलाई ऐतिहासिक मोड भनी टिप्पणी गरेका छन् ।
न्यूयोर्कमा संयुक्त राष्ट्र संघ (यूएन)को महासभामा भाग लिएर स्वदेश फर्किएपछि उनले हसन नसरल्लाहको मृत्युलाई ऐतिहासिक मोड भनेर टिप्पणी गरेका हुन् ।
उनी अनगिन्त्ी इजरायली र अरु कयौं विदेशीको मृत्युका लागि जिम्मेवार रहेको पनि नेतान्याहुले बताए । इजरायल आफ्ना शत्रुहरूमाथि आक्रमण जारी राख्न कटिबद्ध रहेको पनि उनले बताए ।
हसन नसरल्लाहलाई निशाना बनाउन आफैंले निर्देशन दिएको पनि उनको भनाइ थियो । नसरल्लाहको मृत्यु इजरायलको लक्ष्य प्राप्तिका लागि ‘सबैभन्दा महत्वपूर्ण सर्त’ भएको नेतान्याहुको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण