ह्यारिस मानसिक रूपमा विकलाङ्ग : डोनाल्ड ट्रम्प
वासिङ्टन । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनको गर्मागर्मी छ । रिपब्लिकन र डेमोक्रेट दुवै दलका उम्मेदवार चुनावी प्रचार प्रसारमा व्यस्त छन् । यसैबिच पूर्वराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसलाई मानसिक रूपमा विकलाङ्ग भनेका छन् । विस्कन्सिनमा आफ्ना समर्थकहरूमाझ बोल्ने क्रममा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् ।
ह्यारिसले दक्षिणी सीमाको भ्रमण गरेर शरणार्थीहरूमाथि कारबाही गर्ने र सुरक्षा बढाउने वाचा पनि गरेकी थिइन् । त्यसको एक दिनपछि ट्रम्पले शनिवार एक र्यालीमा उनीमाथि चर्को व्यक्तिगत हमला गरे । ट्रम्पले उनको बुद्धिमत्तामाथि प्रश्न उठाएका छन् ।
र्यालीमा बोल्ने क्रममा उनले ह्यारिसलाई ‘मानसिक रूपमा अपाङ्ग’ भने । एक घण्टाभन्दा बढी समय चलेको उक्त भाषणमा ट्रम्पले ह्यारिसविरुद्धको आक्रमणलाई तीव्र बनाएका थिए ।
राष्ट्रपति बिडेनको मानसिक क्षमतामाथि बारम्बार प्रश्न उठाउँदै बाइडेन मानसिक रूपमा विकलाङ्ग रहेको र कमला जन्मजात नै त्यस्तो भएको भनेका थिए । बाइडेन प्रशासनको सीमा नीतिलाई जोडेर उनले ह्यारिसमाथि त्यस्तै तुच्छ अभिव्यक्ति दिएका थिए । पछिल्लो समय अमेरिकामा चुनावबारे भएका जनमत सर्वेक्षणहरूले राष्ट्रपतिका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण