भारतमा प्यारासिटामोल, भिटामिन डीसमेत ५०भन्दा धेरै औषधिको परीक्षण फेल
नयाँ दिल्ली । भारतमा प्यारासिटामेल समेत ५३ ओटा औषधि परीक्षणमा फेल भएका छन् । त्यहाँको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले हालै मात्र औषधिको गुणस्तर परीक्षण गरेको थियो । यस क्रममा सूचिमा सामेल ५३ वटा औषधी परीक्षणमा असफल भएका हुन् । यसमा बीपी, मधुमेह, एसिड रिफ्लक्स र भिटामिनका लागि केही औषधिहरू पनि छन् ।
परीक्षण असफल भएका औषधिहरूको सूचिमा ज्वरो घटाउने पारासिटामोल, पेन किलर डाइक्लोफेनाक, एन्टी फङ्गल औषधि फ्लुकोनाजोल लगायत भारतका कयौँ ठुला औषधि कम्पनीका औषधिहरू पनि छन् । यी सबै औषधिहरू मेडिकल टेस्टमा फेल भएका छन् । परीक्षण फेल भएका यी औषधिलाई स्वास्थ्यको लागि हानिकारक पनि भनिएको छ ।
असफलको सूचीमा परेका ५३ वटा औषधिमध्ये ४८ औषधिको मात्र नाम आएको छ । अरू पाँच औषधि कम्पनीले आफूले बनाएको होइन भनेका थिए । सोही नाममा बजारमा नक्कली औषधि विक्री भइरहेको र ती औषधि नक्कली हुन सक्ने कम्पनीको दाबी थियो । परीक्षणमा असफल औषधिमा सनफर्माको प्यान्टोसिड ट्याब्लेट पनि छ । यो सूचिमा धेरै प्रयोग गरिने औषधि पनि छन् ।
उच्च रक्तचापका लागि प्रयोग गरिने शेलकम र पल्मोसिल इन्जेक्सन पनि परीक्षणमा असफल भएका छन् । यसबाहेक क्याल्सियम र भिटामिन डीका केही औषधिहरूले पनि यो परीक्षण पास गर्न सकेनन् । केन्द्र सरकारले एउटा आदेश जारी गर्दै ग्लुकोमाइलेज, पेक्टिनेज, एमाइलेज, प्रोटीज, अल्फा–ग्यालेक्टोसिडेज, सेल्युलेज, लिपेज, ब्रोमेलेन जस्ता औषधि प्रयोग गर्दा खतरा हुन सक्ने बताएको छ परीक्षणमा फेल भएका औषधिमा कपालको उपचारका लागि प्रयोग गरिने एन्टिपरासिटिक औषधि पनि छन् ।
औषधिहरूको सूची हेर्न यहाँ क्लिक गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण