बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
_Z3MRY0KJiy.jpg)
काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो ।
मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ ।
यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ । प्रहरीले घटनामा अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ ।
बेपत्ताहरूको खोजी कार्य हुनुका साथै उद्धारलाई प्रभावकारी बनाउन लागिपरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार भएको छ ।
यस्तै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाण्डे र तिम्सिनाको निलम्बन फुकुवाबारे छलफल गर्दै एमाले
-
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची