माओवादी एसिया संगठनद्वारा बाढी पीडितलाई ५ लाख सहयोग
काठमाडौँ । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्माले आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको पनि उपस्थिति रहेको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए ।
बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे ।
त्यसक्रममा उनले मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
बिहीबारदेखि परेको अविरल वर्षासँगैको बाढी पहिरोमा १४८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण