काठमाडौँ उपत्यका बाहेक बागमतीमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो
आइतबार, १३ असोज २०८१, २१ : ०१

हेटौंडा । बाढी पहिरो र डुबानमा परेका काठमाडौँ उपत्यका बाहेक बागमती प्रदेशमा १०४ जनाको मृत्यु भएको छ । बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुबानमा परेर १०४ जनाको मृत्यु हुँदा ७४ जना घाइते भएका छन् भने २२ जना हराइ रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर धादिङ र काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । बाढी पहिरोमा परेर धादिङमा ३९ र काभ्रेमा ३८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । त्यस्तै बाढी पहिरोका कारण मकवानपुरमा ७, सिन्धुपाल्चोमा १०, दोलखामा ५, सिन्धुलीमा २ जना, रामेछाप, चितवन र नुवाकोटमा १÷१ जनाको मृत्यु भएको छ । रसुवामा मानवीय क्षति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन