काठमाडौँ उपत्यका बाहेक बागमतीमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो
आइतबार, १३ असोज २०८१, २१ : ०१
हेटौंडा । बाढी पहिरो र डुबानमा परेका काठमाडौँ उपत्यका बाहेक बागमती प्रदेशमा १०४ जनाको मृत्यु भएको छ । बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुबानमा परेर १०४ जनाको मृत्यु हुँदा ७४ जना घाइते भएका छन् भने २२ जना हराइ रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर धादिङ र काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । बाढी पहिरोमा परेर धादिङमा ३९ र काभ्रेमा ३८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । त्यस्तै बाढी पहिरोका कारण मकवानपुरमा ७, सिन्धुपाल्चोमा १०, दोलखामा ५, सिन्धुलीमा २ जना, रामेछाप, चितवन र नुवाकोटमा १÷१ जनाको मृत्यु भएको छ । रसुवामा मानवीय क्षति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण