बाढीपहिरो र डुबानमा परेकालाई उद्धार र राहतमा सहयोग गर्न मन्त्री सुडीको अपिल

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउन गैरसरकारी संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।
समाज कल्याण परिषद्का अध्यक्षसमेत् रहेका सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहतमा जुट्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरे ।
मन्त्री सुडीले आइतबार आकस्मिक बैठक आयोजना गरी मुलुकमा पछिल्लो केही दिनयता अकल्पनीय विपद्को सामना गर्नुपरेको बताए । विगतमा बाढी नआउने क्षेत्रमासमेत बाढीपहिरोको समस्या देखिएकाले उनले यसपटक काठमाडौँले ठूलो बाढीको सामना गर्नुपरेको बताए । 'यसपटक निकै विकराल अवस्था देखिएको छ, धनजनको क्षति ठूलो मात्रामा भएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ,' मन्त्री सुडीले भने ।
जिल्लामा विपद् व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासनलाई दिइएकाले उनीहरूमार्फत दोहारो नपर्ने गरी योगदान गर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु
-
डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल
-
सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल
-
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर