बाढीपहिरो र डुबानमा परेकालाई उद्धार र राहतमा सहयोग गर्न मन्त्री सुडीको अपिल
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउन गैरसरकारी संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।
समाज कल्याण परिषद्का अध्यक्षसमेत् रहेका सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहतमा जुट्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरे ।
मन्त्री सुडीले आइतबार आकस्मिक बैठक आयोजना गरी मुलुकमा पछिल्लो केही दिनयता अकल्पनीय विपद्को सामना गर्नुपरेको बताए । विगतमा बाढी नआउने क्षेत्रमासमेत बाढीपहिरोको समस्या देखिएकाले उनले यसपटक काठमाडौँले ठूलो बाढीको सामना गर्नुपरेको बताए । 'यसपटक निकै विकराल अवस्था देखिएको छ, धनजनको क्षति ठूलो मात्रामा भएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ,' मन्त्री सुडीले भने ।
जिल्लामा विपद् व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासनलाई दिइएकाले उनीहरूमार्फत दोहारो नपर्ने गरी योगदान गर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण