इरान समर्थित सशस्त्र समूहविरुद्ध इजरायलले व्यापक बनायो आक्रमण
आइतबार मात्रै लेबनानमा १०५ जनाको मृत्यु
सोमबार, १४ असोज २०८१, १२ : ०२
बेरुत । इजरायलले लेबनानमा इरान समर्थित सशस्त्र समूहविरुद्ध गरेको व्यापक आक्रमणमा परेर आइतबार अरू १०५ जनाको मृत्यु भएको छ ।
यी आक्रमणमा परेर अरू ३५९ जना घाइते भएको लेबनानी अधिकारीहरूले बताएका छन् । अहिले जारी लडाइँले देशभरबाट १० लाख मानिसहरू विस्थापित हुन बाध्य भएको लेबनानी प्रधानमन्त्रीले आइतबार भनेका थिए ।
आइतबार रातिको हवाई आक्रमणमा बेरुतको कोला जिल्लामा एउटा अपार्टमेन्ट भवनमा क्षति भएको थियो । इजरायलले मध्य बेरुतलाई नै निशाना बनाएर गरेको यो पहिलो आक्रमण भएको बताइएको छ ।
आइतबारै इजरायलले यमनमा इजरायल समर्थित सशस्त्र समूह हुथीहरुमाथि हवाई हमला सुरु गरेको छ । यस क्रममा हुदायदह बन्दरगाहमा कम्तीमा चार जनाको मृत्यु भएको र अरू २९ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण