२१५ किमिको रफ्तारमा फिलिपिन्समा आइरहेछ महाविनाशकारी समुद्री आँधी
मनिला । दक्षिण एसियाली देश फिलिपिन्समा शक्तिशाली आँधीको चपेटामा परेको छ । २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधीबेहरी चलिरहेको छ । आँधीका कारण सबै विद्यालय र कलेजहरू बन्द गरिएका छन् भने र समुद्रबाट डुङ्गा हटाएर मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यी सबै सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै पनि त्यहाँ ठुलो क्षतिको आशङ्का गरिएको छ । यो आँधीको नाम क्राथन नाम दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार क्यागायन र बटानेस प्रान्तको बालिन्टाङ टापुको तटीय क्षेत्रमा १७५ देखि २१५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको देखिएको छ । आँधी बिस्तारै पश्चिमतर्फ सर्दै मङ्गलवार ताइवान तर्फ उत्तरपूर्व मोडिएपछि सुपर टाइफुन बन्नसक्ने बताइएको छ । मौसम विभागले आगामी ४८ घण्टामा बटानेसको तटीय गाउँ नजिकैको बाबुयान टापु र क्यागायन प्रान्तमा जन–जीवन खतरामा पर्ने भन्दै मध्यमदेखि उच्च जोखिमको चेतावनी दिएको छ ।
भयङ्कर हुरीले छाना उडाउन सक्ने, रूखहरू ढल्न सक्ने, कृषि उपजलाई नोक्सान पुर्याउन सक्ने र समुद्रमा ठुला छालहरू आउन सक्ने भनिएको छ । फिलिपिन्समा हरेक वर्ष करिब २० वटा समुद्री आँधी आउँछन् । यो प्यासिफिक रिंग अफ फायरमा पनि अवस्थित छ । यहाँ धेरै ज्वालामुखी विस्फोट र भूकम्पहरू गइरहन्छन् । जसका कारण यो दक्षिणपूर्वी एसियाली देश विश्वकै सबैभन्दा बढी प्रकोप प्रभावित देश बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण