दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले विरोध प्रदर्शन गरेको छ ।
सोमबार माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ गते आइतबार पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । त्यसपछि अनुसन्धान नसकिएको भन्दै उनीमाथि थप पाँच दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौला (ज्वाला)ले उजुरी दर्ता गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण