टेस्ट क्रिकेटमा भारतले बनायो लगातार दोस्रो कीर्तिमान
काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतीय टोलीले लगातार दुई कीर्तिमान बनाएको छ । कानपुरमा जारी बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन सोमबार भारतले टेस्टमा सबैभन्दा छिटो अर्धसतक र सबैभन्दा छिटो सतकको कीर्तिमान बनाएको हो ।
भ्रमणकारी टोली बंगलादेश आफ्नो पहिलो पालीमा दुई सय ३३ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि जवाफी ब्याटिङमा ओर्लिएको भारतले आक्रामक ब्याटिङ गर्दै केवल तीन ओभरमै ५० रन बनाएको थियो ।
भारतले तीन ओभरमा ५० रन बटुल्दै पहिलो कीर्तिमान बनाएको थियो । यसअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३० वर्ष पहिले वेस्ट इन्डिजविरुद्ध ४.२ ओभरमा ५० रन बनाएको थियो । अहिले भारतले त्यही कीर्तिमान तोडेको हो ।
भारतका लागि कप्तान रोहित शर्मा र यशस्वी जैसवालले अत्यन्तै आक्रामक ब्याटिङ गर्दै केवल तीन ओभरमा ५० रन बनाएका हुन् । रोहितले केवल ६ बलमा १९ रन र यशस्वीले १३ बलमा ३० रन बनाएका थिए ।
त्यसलगत्तै भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो सतकको कीर्तिमान पनि बनायो । भारतले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै केवल १०.१ ओभर (६१ बल) मा एक सय रन बनायो । यसअघि पनि यो कीर्तिमान भारतकै नाममा थियो ।
भारतले यसअघि सन् २०२३ मा पोर्ट अफ स्पेनमा खेलिएको वेस्ट इन्डिजविरुद्धको टेस्टमा १२.२ ओभरमा एक सय रन बनाएको थियो । त्यसअघि सन् २००१ मा श्रीलंकाले कोलम्बोमा खेलिएको बंगलादेशविरुद्धको टेस्टमा १३.१ ओभरमा एक सय रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
-
दसैँ नमनाउने ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा
-
थप ५७ हिमाल आरोहणका लागि खुला
-
घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन
-
जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन
-
जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु