एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेल : रोमाञ्चक ‘भ्याली डर्बी’मा ललितपुरले काठमाडौँलाई हरायो
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’को उद्घाटन खेलमा ललितपुर क्विन्स विजयी भएको छ । ललितपुर क्विन्सले छिमेकी प्रतिद्वन्द्वी काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटले हराएको हो ।
ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबिचको ‘भ्याली डर्बी’ निकै प्रतिस्पर्धात्मक थियो । ललितपुर क्विन्सले पहिलो सेटको नतिजालाई २५–२० अंकले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने २५–२१ अंकले काठमाडौँ स्पाइकर्स अगाडि रह्यो ।
त्यसपछि तेस्रो सेटको नतिजालाई ललितपुर क्विन्सले २५–२१ अंकले आफ्नो पक्षमा पार्यो । चौथो सेटको नतिजालाई पनि ललितपुर क्विन्सले २५–१९ अंकले आफ्नो पक्षमा पार्यो । यो नतिजासँगै ललितपुर क्विन्सले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको छ । प्रतियोगिताको पहिलो दिन सोमबार थप दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल मधेस युनाइटेड र कर्णाली यश्विजबिच खेलिने छ । उक्त खेल १७ः४५ बजे सुरु हुनेछ ।
यसैगरी, पहिलो दिनको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिच खेलिने छ । उक्त खेल १७ः४५ बजे सुरु हुनेछ । प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुनेछ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीमा गण्डकी थन्डर्स, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, कर्णाली यश्विज र मधेस युनाइटेड रहेका छन् । प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने प्रावधान छ ।
प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेबापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण