बागमती सरकारले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएका परिवारलाई २ लाख रुपैयाँ दिने
हेटौंडा । बागमती प्रदेश सरकारले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई प्रतिव्यक्ति क्षतिपूर्ति स्वरूप २ लाख रुपैयाँ राहत रकम तत्काल दिने निर्णय गरेको हो ।
सोमबार मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको बैठकले विपदमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने व्यवस्थापन मिलाउने निर्णय गरेको छ ।
बैठकले अस्थायी आवास निर्माणको लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले १ लाख सहयोग गर्ने निर्णय गरेको छ । बैठकले विपद्जन्य घटना सम्बन्धमा छलफल गर्दा तत्काल उद्धार राहत र पुनर्निर्माणमा जुट्ने निर्णय गरेको निर्णय गरेको छ भने भौतिक रूपमा क्षति भएका सडक, पुल, विद्युत्, खानेपानी लगायतको व्यवस्थापन गर्न प्रदेश मातहतका कार्यालयहरू मार्फत बजेट व्यवस्थापन गर्ने, बस्ती, घर, चौपायहरुको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण