५ करोड ९२ लाख रुपैयाँमा बिक्यो एनपीएलको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो।
कम्पनीले खेलको प्रचार-प्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।
अब ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ। साथै, विभिन्न प्रायोजन अवसरहरूलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ।
सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार-प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए। उनले भने, ‘क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ।’
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने