नेपालमा बाढी र पहिरो : भारतीय दूतावासले जारी गर्यो एड्भाइजरी
काठमाडौँ । नेपालमा बाढी र पहिरोका कारण हालसम्म २ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । यो जानकारी नेपाल प्रहरीले दिएको हो ।
यसैबिच नेपालस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा एक एड्भाइजरी जारी गरेको छ । भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा नेपालमा परेको कीर्तिमानी वर्षापछि आएको बाढी र पहिरोका कारण धेरै क्षति भएको लेखिएको छ ।
‘हामी यसबाट प्रभावितहरूप्रति हाम्रो समवेदना व्यक्त गर्दछौँ,’ दूतावासले ट्विटमा लेखेको छ, ‘हामीले नेपालमा फसेका भारतीय नागरिकको बारेमा पनि जानकारी प्राप्त गरेका छौँ ।
दूतावासले केही समूहसँग सम्पर्कमा रहेको र उनीहरूको सुरक्षित फिर्ताको प्रबन्ध गरिरहेको जनाएको छ । अलपत्र परेका भारतीय नागरिकलाई बाहिर निकाल्न दूतावास नेपाली प्रशासनसँग सम्पर्कमा रहेको ट्विटमा लेखिएको छ ।
भारतीय दूतावासले नेपालमा अलपत्र परेका भारतीय नागरिकका लागि आपत्कालीन नम्बर पनि जारी गरेको छ । जसमा +९७७- ९८५१३१६८०७ - (इमर्जेन्सी हेल्पलाइन नम्बर) +977-9851107021 +९७७-९७४९८३३२९२ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण