नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सको प्रमुख प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक कर्णाली याक्सले पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ललाई आफ्नो निर्देशक र प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
ज्ञानेन्द्र राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् । कर्णाली याक्सले ज्ञानेन्द्रको प्रशिक्षकत्वमा आफ्नो टोलीले आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि लिएको छ ।
कर्णाली याक्सले आफ्नो लोगो र नाम सार्वजनिक गर्न आयोजित कार्यक्रममार्फत नै मुख्य प्रशिक्षक ज्ञानेन्द्रको नियुक्ती पनि सार्वजनिक गरेको हो । आगामी एनपीएलमा सहभागी टोलीमध्ये कर्णाली याक्स प्रमुख प्रशिक्षक नियुक्त गर्ने पहिलो टोली हो ।
कर्णाली याक्सको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्रगतिका बलर सोमपाल कामी रहेका छन् । कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएलमा आठ टोलीको सहभागिता रहने छ । प्रतियोगिता मंसिर १६ गतेदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026