ललितपुरमा थप ६ जनाको शव फेला, १० जना अझै बेपत्ता
ललितपुर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु भएका ६ जनाको शव ललितपुरमा भेटिएको छ । थप ६ जनाको शव भेटिएसँगै ललितपुरमा मृतकको संख्या ४० पुगेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
महांकाल गाउँपालिका–२ बस्ने ९ वर्षीय आयुष स्याङ्तान, महांकाल–२ स्थित ठोस्ने खोला बस्ने एकै परिवारका ४० वर्षीय राममाया स्याङतान, छोरा १४ वर्षीय अजय स्याङ्तान र अर्का छोरा ११ वर्षका सुवास स्याङतान र उनकी ९ वर्षीय छोरी सलिना स्याङ्तानको शव भेटिएको छ । महांकाल गाउँपालिका–३ गोटिखेलबाट बेपत्ता भएका ईश्वर तिमल्सिनाको पनि शव भेटिएको छ ।
मनसुनजन्य विपद्मा परेर ललितपुरबाट १० जना बेपत्ता छन् । बेपत्ताहरूको खोजी भइरहेको एसएसपी खनालले जानकारी दिए । विपद्मा परेर घाइते भएका ३ जनाको उपचार हुँदै छ । रौतहट घर भएर ललितपुर बस्ने ६ वर्षीय मेघना शाह, गोदावरी नगरपालिका–७ बस्ने ३४ वर्षीय ठुलीमाया रुम्बा र बामगति गााउँपालिका–४ बस्ने भूषण अर्यालको उपचार भइरहेको छ ।
बेपत्ताहरूको सुची :
१. सेतु साह, ललितपुर महानगर–१४ नखिपोट (५ वर्ष)
२. देवराज कार्की, ओखलढुङ्गा घर भएर ललितपुर बस्ने (४० वर्ष)
३. बिकाउ साह, रौतहट घर भएर नखिपोट बस्ने (३२ वर्षीय)
४. नाम नखुलेको ईश्वर तिमल्सिनाको आमा, महांकाल–३ गोटीखेल
५. गोम तिमल्सिना (ईश्वरको पत्नी)
६. विवेक सिंह, गोदावरी नगरपालिका–६ आनन्दबन अस्पतालमा कार्यरत (३० वर्ष)
७. केशव न्यौपाने, बागमती गाउँपालिका–१ घुसेल (५० वर्ष)
८. संजिता स्याङतान, महांकाल–२ (१२ वर्षीय)
९. छविलाल स्याङतान, महांकाल गाउँपालिका–२ (३५ वर्ष)
१०. छविलाल स्याङ्तानको भाउजू (नाम नखुलेको)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण