नेपाल प्रिमियर लिग क्रिकेट : चितवनको नाम र लोगो सार्वजनिक
मङ्गलबार, १५ असोज २०८१, १० : ४८
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोलीमध्येको एक चितवनले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।
चितवनले मंगलवार सामाजिक सञ्जालमार्फत आफ्नो नाम र लोगो सार्वजनिक गरेको हो । चितवनले आगामी एनपीएलमा ‘चितवन राइनोज’ नाममार्फत सहभागिता जनाउने क्लबले जनाएको छ ।
चितवन राइनोजको मार्की खेलाडीका रुपमा भने राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल रहेका छन् । चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेजसँग रहेको छ । चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा क्लब खरिद गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएलमा आठ टोलीको सहभागिता रहने छ । प्रतियोगिता मङ्सिर १६ गतेदेखि काठमाडौँमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण