अखिल क्रान्तिकारीको व्यवहारप्रति लेखनाथको असन्तुष्टि
काठमाडौँ । नेकपा माओवादी केन्द्रका बौद्धिक नेता एवं अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले पछिल्लो समय सङ्गठनभित्र डनवाद र धनवाद मौलाएकोमा असन्तुष्टि जनाएका छन् । उमेर हद लगाउने कि लगाउने विषयमा सोमबार क्रान्तिकारीका दुई पक्षबिच भिडन्त भएको थियो । सोही भिडन्तप्रति सङ्केत गर्दै उनले मंगलबार सामाजिक सञ्जालबाट असन्तुष्टि पोखेका हुन् ।
विगतमा अध्यक्षका लागि कुनै लालसा र नेताहरूको घर दैलो नचाहरी अध्यक्षको जिम्मेवारी पाएको स्मरण गर्दै उनले आफूले आफैलाई अब्बल राजा घोषणा गरेको व्यवहारबाट मन खिन्न भएको उल्लेख गरेका छन् ।
‘अध्यक्ष बनाउने निर्णय भएछ क्यारे भन्ने लाग्यो । आवश्यकतालाई सम्बोधन गर्ने निर्णय र जिम्मेवारी होला भन्ठानेर एक वाक्य हुन्छ वा हुँदैन नभनी ०६० असारमा जिम्मेवारी लिएको त्यो अवस्था । तर आज संस्कार, अभ्यास र मूल्य पुरै भत्किए जस्तो, उपभोक्तावाद, डन र धनवाद मौलाए जस्तो । आफैले आफैलाई अब्बल राजा घोषणा गरेको र व्यवहार प्रस्तुत गरेको दृश्यले खिन्नताभित्र भिन्न अनुभूति भएकै छ’, उनले फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण