लेबनानमा इजरायली आक्रमणबारे अमेरिकी रक्षामन्त्रीले के भने ?
वासिङ्टन । आफूले लेबनानमा कारबाहीबारे इजरायली रक्षामन्त्रीसँग कुरा गरेको अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले बताएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोष्ट गरी उनले यस्तो बताएका हुन् ।
‘मैले इजरायली रक्षामन्त्री योभ गालान्टसँग सुरक्षा विकास र इजरायलको अपरेशनबारे छलफल गरेको छु । म यो स्पष्ट गर्न चाहन्छु कि अमेरिकाले इजरायलको आत्मरक्षाको अधिकारलाई समर्थन गर्दछ ।’ उनले पोस्टमा लेखेका छन् ।
लेबनानको हिजबुल्लाहले इजरायलका उत्तरी समुदायमाथि अक्टोबर ७ मा जस्तै आक्रमण गर्न नसकोस् भन्ने सुनिश्चित गर्न आफूहरू सीमामा रहका पूर्वाधार नष्ट गर्न सहमत भएको पनि उनले बताए ।
‘म फेरि पनि यही कुरा स्पष्ट गर्दछु कि नागरिक र सीमामा बसोबास गर्नेहरू दुवै सुरक्षित रूपमा आफ्नो घर फर्किउन् भन्ने सुनिश्चित गर्न कूटनीतिक समाधान आवश्यक छ ।’ अझ अगाडि उनले लेखेका छन् ।
अमेरिका इरान र इरान समर्थित आतङ्कवादी सङ्गठनहरूबाट उत्पन्न खतराहरूबाट आफ्ना कर्मचारी, साझेदार र सहयोगीहरूलाई जोगाउनका लागि राम्रो स्थानमा भएको कुरा पनि स्पष्ट भएको उनले बताए । कसैलाई पनि तनावबाट फाइदा उठाउन र द्वन्द्व अरू भड्काउनबाट रोक्न अमेरिका कटिबद्ध रहेको पनि उनले बताए । इरानले इजरायलविरुद्ध प्रत्यक्ष सैन्य हमला गर्ने निर्णय गरेमा इरानका लागि गम्भीर नतिजा आउने कुरा पनि उनले दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण