इजरायलले बेरुतमा गरेको हमलामा एकै दिन ९५ जनाको मृत्यु
बेरुत । आफ्नो सेनाले सोमबार राती लेबनानको दहियाहमा हिजबुल्लाहको हातहतियार बनाउने कयौँ स्थानमा ‘सटीक आक्रमण’ गरेको इजरायलले बताएको छ ।
बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ । ‘आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम कम गर्न धेरै कदम चालिएको थियो । यी क्षेत्रमा सर्वसाधारणका लागि चेतावनी जारी गरिएको थियो, जसमा सटीक हतियारहरू प्रयोग गरिएको थियो भने हवाई निगरानी गरिएको थियो,’ इजरायली सेनाले भनेको छ ।
सोमबार लेबनानमा इजरायलको पछिल्लो हवाई हमलामा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अधिकारीहरूका अनुसार लेबनानमा विगत दुई हप्तामा १ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौँ विस्थापित भएका छन् ।
यस अघि लेबनानमा हवाई हमला तीव्र पारेको इजरायलले जमिनबाट पनि लक्षित आक्रमण सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण