राजेन्द्र महतोले तोके जिल्ला संयोजक
मङ्गलबार, १५ असोज २०८१, १४ : ३७
काठमाडौँ । राजेन्द्र महतोले ७७ वटै जिल्लमा जिल्ला संयोजक चयन गरेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष महतोको अध्यक्षतामा मंगलबार केन्द्रीय नेताहरूको बैठकले जिल्ला संयोजक तोकेको पार्टी नेता केशव झाले बताए ।
हालै पार्टी घोषणा गरेका अध्यक्ष महतोले पार्टी दर्ताको प्रक्रिया पनि अगाडि बढाएका छन् । दल घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराई सकेको छ । सबै कानुनी प्रक्रिया पुरा गरेर चाँडै नै पार्टी दर्ता गराउने नेता झाले बताए ।
दर्ताको प्रक्रिया अगाडि बढेसँगै संगठन निर्माणका अन्य कार्यहरू पनि अगाडि बढ्ने उनले बताए ।
साथै बैठकले ७७ वटै जिल्ला संयोजकलगायत पार्टीका सबै नेता कार्यकर्ताहरूलाई बाढी पहिरोबाट पीडित भएका जनतालाई सहयोग गर्न आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण