बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
बीमा कम्पनी

दुई महिनामा २० हजार बीमा पोलिसी 'सरेन्डर'

मङ्गलबार, १५ असोज २०८१, १५ : ५३
मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । दुई महिनाको अवधिमा झन्डै २० हजार जना बीमितले बीमा पोलिसी सरेन्डर (समर्पण) गरेका छन् । नियमित रुपमा बीमाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भएपछि १९ हजार ७४१ वटा बीमालेख होल्डरले त्यस्तो पोलिसी त्यागेका हुन् ।

यसरी बीमा पोलिसी त्याग गर्नेमध्ये भदौ महिनामा साउन महिनामा १० हजार २२९ वटा र भदौ महिनामा ९ हजार ४४९ वटा रहेको बीमा प्राधिकरणको तथ्यांक छ । 

भदौसम्म नेपालमा सञ्चालित बीमा कम्पनीहरुले १ करोड ३७ लाख ८४ हजार वटा बीमालेख बिक्री गरेका छन् । त्यसबाहेक समर्पण गर्न नमिल्ने खालका वैदेशिक रोजगार म्यादी जीवन बीमालेख, एकल बीमाशुल्क बीमालेख, म्यादी जीवनबीमा, लघु जीवनबीमा र अन्य बीमाको हिस्सालाई घटाउँदा ३३ लाख २१ हजार ९७६ वटा बीमालेख रहेका छन् । त्यसमध्ये प्रतिमहिना नै १० हजारको हाराहारीमा बीमालेखको सरेन्डर हुन थालेको हो ।

यसरी बीमालेख सरेन्डर हुनेहरुमा राष्ट्रिय जीवन बीमा कम्पनीको १७६७ वटा, नेशनल लाइफको ९४७ वटा, नेपाल लाइफको ४७९९ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५२२३ वटा, मेट लाइफ ७१० वटा, एसियन लाइफ इन्स्योरेन्सको १८६० वटा, आइएमई लाइफको ३६३ वटा, सन नेपाल लाइफको १२८ वटा छन् ।

त्यस्तै, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको ३५० वटा, सिटिजन लाइफको ३८७ वटा, सुर्यज्योति लाइफको ११६८ वटा , सानिमा रिलायन्स लाइफको ३७८ वटा तथा हिमालयन लाइफको १४३६ वटा र प्रभु महालक्ष्मी लाइफको २१५ वटा बीमालेख सरेन्डर भएका छन् ।

यो सरेन्डरको कुल मूल्य २ अर्ब ७५ करोड ६३ लाख ३३ हजार रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप